कथा--न्यास्रो मेटाउने त्यो हरियो बत्ती
कथा--न्यास्रो मेटाउने त्यो हरियो
बत्ती
(यश कथाको घटना
तथा पात्रहरु काल्पनिक हुन्,कसैको वास्तविक जीवन
सँग मेल
खाएमा संयोग
मात्रै हुनेछ
।)
रज्जु बिडारी"काली
धार्के,धादिङ्ग।।
"हेलो,रचना जी
।
एक्कासि अाएको
उस्को म्यासेज ले मेरो
अोठमा मुस्कान अनि मनमा
खुसी भरीएर
अायो । कारण म
हरेक दिन
उसलाई अन्लाईन छ कि
छैन भनेर
हेरेर बस्थे
तर बोलाउने हिम्मत कहिल्यै भएन । नत उस्ले
नै बोलाउछ
भन्ने बिस्वास थियो । सायद
अfश चै
थियो होला
र त
उ अन्लाईन छ छैन
भनेर हेर्न
मन लाग्थ्यो । उस्को र
मेरो मित्रता अचम्मको छ । सायद कुनै दिन
हामी एक
अर्कोलाई प्रेम
गर्थ्यौ तर
दुबैले प्रस्ताब राखेनौ र
उ अरु
कसैको भयो
। त्यसैले हाम्रो
सम्बन्ध न
मित्रताबाट तल
झर्यो न
त माथि
नै गयो
।
"लौन हजुर
यो जि
चै नजोडौन,
अनि के
छ हजुरको
हालखबर ?"
"ठिकै छ
अनि हजुरको
नि?"उसले जबाफ
दियो ।
उ मलाई
जिस्काएर चुच्ची
भन्थ्यो अनि
तिमी भन्थ्यो । यो जि र
हजुरले टाढा
बनाएझै लाग्यो
। खोइ किन
हो मलाई
उस्ले चुच्ची
भन्दा मात्रै
माया गरेर
बोलाएझै लाग्थ्यो ।
"फेरि हजुर?,
होइन रिसले
मान गरेको
हो कि
क्याहो?"
उस्ले जबाफ
दियो "होइन मायाले"
उस्ले बोलेको
दुई शब्दले
पनि मलाई
करोडौंको खुसी
दिन्थ्यो । केही कुरा
गर्ने बित्तिकै उस्ले सोध्यो
,"भिडियो च्याट
मिल्दैन ?"
मिल्न त
मिल्थ्यो नि
तर एकासी
उ बोल्न
अाउदा मेरो
बोल्ने शब्दनै
खोइ कता
हरायो मैले
भेट्दै भेटीन । अहिले मेरो काम
छ पछि
है भन्ने
जबाफ दिएर
तत्काल अफ
लाइन भए । जब अफ लाइन
भए मलाई
अाफैदेखी अाफैलाई रिस उठेर
अायो । हेर मलाई
पनि त
उस्को अनुहर
हेरेर बोल्न
मन लागेको
थियो । धेरै
भएको थियो
उ सँग
भेट नभएको
कमसेकम थोरैमात्र भएपनि न्यास्रो त मेटिन्थ्यो । फेरि सोचे बोल्नलाई त बोल्ने
शब्दपनि चाहियो
नि । म उसलाई
जिस्काएर नमुना
अनि माया
गरेर फटाहा
मान्छे भन्छु । तर थाहा छैन
उसलाई मैले
नमुना र
फटाहा मान्छे
भन्दा माया
गरेर भने
झै लाग्छ
कि हेपेर
भनेझै लाग्छ । जिन्दगीमा कयौं प्रश्न
अाफ्नो मनले
अाफैलाई सोध्छ
जस्को जवाफ
दुईवटा हुन्छ
तर कुन
जबाफ सहि
र कुन
गलत भनेर
हामी दोधारमा पर्छौ ।
उ सँग
भेट नभएको
पनि बर्षौ
भएछ । अन्तिम पल्ट
उसलाई मैले
दिदिको घरमा
जादा भेटेको
थिए । मेरो दिदिको
घरसँगै उस्को
साथीको घर
थियो । मलाई
देखेपछि नजिकै
अाएर उसले
जिस्किदै भन्यो
"हेर कति
मोटाएकी?,सँगै उभिन
पनि नसुहाउने भई छे।"
"सुहाउने बेलामा
त सुहाईएन अब किन
सुहाउनु पर्यो
त?"उस्को कुरा
भुईमा खस्न
नपाउदै मैले
ठाडो जबाफ
दिए । अनि उस्को
अनुहारमा हेरे । उस्को अनुहारको भाव
फेरिएको देखेर
फेरि अाफैलाई नराम्रो लाग्यो
। मनले भन्यो
मेरो त
बानी नै
खराब ,उस्को सधैंभरि जिस्कने बानी
छ भन्ने
थाहा हुदाहुदै मलाई चै
किन जहिल्यै उस्को ठट्टामा ठाडो जवाफ
दिनुपर्ने, सरी
भन्छु । फेरि मस्तिष्कले गाली गर्थ्यो-तैंले के गलत
भनिस् र? त सुहाउने भए
किन अरु
सँग बिहे
गर्थ्यो र, तैंले माया गर्छेस् भन्ने थाहा
छदै थियो
। के म
तलाई माया
गर्छु भनेर
झ्याली पिट्नुपर्ने हो र? उसलाई के थाहा
तेरो हरेक
घुर्किमा पनि
उस्कोलागी कति
माया लुकेको
छ भन्ने
? जब उस्को
कुरा अाउथ्यो मन र
मस्तिष्कको सधैं
झगडा पर्थ्यो । मन उ सँग
नजिक हुन
खोज्थ्यो अनि
मस्तिष्क उ
बाट सधैं
टाढा हुन
खोज्थ्यो ।
त्यसपछि मैले
उसलाई फेसबुकमा बाहेक प्रतक्ष कहिल्यै भेटेको
छैन । जब
मलाई उस्को
न्यास्रो लाग्छ
उस्को प्रोफाइल खोलेर हेर्न
थाल्छु । तर प्रोफाइल हेरेरमात्र कहाँ
न्यास्रो मेटिन्छ र? त्यसैले कहिलेकाही उ सँग
भेट्न पाएपनि
हुन्थ्यो जस्तो
लाग्छ तर
भेट्ने हिम्मत
हुदैन । सोच्छु भेटेर नि
के बोल्नु?
अनि नबोली
चुपचाप बस्न
के भेट्नु?
मलाई बरु
साथी साथी
च्याटमा नै
कुरा गरेर
बस्न रमाइलो
लाग्छ । तर
खोइ के
हुन्छ हुन्छ
एक दिन
कुरा गर्दा
अब जहिल्यै अन्लाईन देखेपनि बोल्ने बाटो
खुल्यो । के छ
हालखबर भनेर
म बोलाउन
सक्छु जस्तो
लाग्छ अनि
अर्को दिन
कुरा गर्दा
उसलाई म
सँग बोल्न
मन छैन
जस्तो छ
जबर्जस्ती एकोहोरो के बोलाइ
रहने जस्तो
लाग्छ । उसँग
बोल्ने बाटो
नै बन्ध
भयो जस्तो
लाग्छ ।बर्षौ भयो
हाम्रो मित्रता भएको तर
उस्को मनमा
के छ
म अझै
अलमल्लमा पर्छु । मैले उसलाई बोलाउदा खुसी मिल्छ
कि नराम्रो लाग्छ भन्ने
ठम्याउन नसकेर
म फेरि
चुपचाप बस्न
थालेको छु ।
धेरैजसो बिहान
उठेर उ
अघिल्लो दिन
कति बजेसम्म अन्लाईन रहेछ
भनेर हेर्छु
। कहिलेकाही बिहान
को ६ बजे
हेर्दा उ
६घण्टा अगाडिसम्म अन्लाईन थियो
भनेर देखाउछ । खोइ किन हो
मलाई उस्को
यो अाधारात सम्म अन्लाईन बस्ने बानी
साह्रै चित्त
बुझ्दैन,बेलामा सुत्नु
नि । कमसेकम अाफ्नो
स्वास्थको त
ख्याल राख्नु
म मनमनै
भुतभुताउछु । हुन त
अाफ्नो कामले
बसेको होला । कहिलेकाही मान्छेहरु के
गरेर बस्छन्
बाह्यबजे रातिसम्म भनेर सोधौकी
जस्तो लाग्छ
। फेरि उस्को
ठट्टा गरेर
दिने उल्फट्याङ जवाफ सम्झेर
डर लाग्छ ।
अहिले फेरि
धेरै भयो
उ सँग
कुरा नभएको
। तर पनि
म सधैंभरि चुपचाप उ
अन्लाईन छ
कि छैन
भनेर हेरेर
बस्छु । खोइ किन
हो त्यो
अन्लाईन जनाउने
हरियो बत्ती
बलेको देखेपछि मलाई उसको
न्यास्रो मेटिन्छ । कहिलेकाही घण्टै अगाडिदेखि उ अन्लाईन देखाएन भने
कहाँ गयो
होला, के भएर
होला भनेर
घरिघरि अन्लाईन अायो कि
अाएन भनेर
हेर्न मन
लाग्छ तर
अन्लाईन देखेपछि मलाई बोल्नु
पर्दैन त्यसै
सन्तोष लाग्छ । तरपनी खोइ किन
हो फेरिपनि के छ
चुच्ची हालखबर
भनेर बोलाउछ
कि भन्ने
अाश चै
लागि रहन्छ
र त
चुपचाप अन्लाईन बसेर त्यो
हरियो बत्ती
अनि उसलाई
हेरी रहन्छु ।
(यश कथाको घटना
तथा पात्रहरु काल्पनिक हुन्,कसैको वास्तविक जीवन
सँग मेल
खाएमा संयोग
मात्रै हुनेछ
।)
रज्जु बिडारी"काली
धार्के,धादिङ्ग।
सामाजिक सञ्जालबाट साभार
याे कथा पढीसके पछि जस्ताे लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहाेला हजुरहरूकाे प्रतिक्रिया अनुसार बाचन गरेर पनि भिडियाेमा राख्ने छु ।
Comments
Post a Comment