Posts

Showing posts from June, 2025
Image
  आज कमरेड माधवको घरमा बिहेको भोज निकै तामझामका साथ चलिरहेको थियो । घर अगाडिको फराकिलो खाली जग्गामा भोजको कार्यक्रम राखिएको थियो । जापानमा रहेका शेरचन दम्पतिले आठ–दश वर्षअघि किनेर छाडेको उक्त जग्गा अहिले छिमेकीहरूले यस्तै कार्यक्रमहरूमा प्रयोग गर्दै आएका थिए । छेउछेउमा सिस्नोको झाडी र फोहोर फालिने गरिएको दुई रोपनी जतिको खाली जग्गा अहिले भने निकै सफा बनाइएको थियो । अगाडि भव्य गेट, गेटको माथि वर–बधुको सुन्दर तस्वीर फ्लेक्स प्रिन्ट गरी टाँसिएको थियो । गेटको दुवैतिर तामाका ठुलाठुला घडाहरू राखिएका थिए । गेटबाट छिर्ने वित्तिकै दायाँतिर भव्य सोफसेटमा कमरेड माधव आफ्ना दुई पत्नीलाई दायाँ र वायाँ राखेर माला र खादाले छोपिए जस्तै गरी बसेका थिए भने त्यसपछि हिजो मात्र बिहे भएको कान्छी श्रीमतीको जेठो छोरो विश्व र उसकी नवविवाहित पत्नी उसैगरी माला र खादाले ढाकिएर बसेका थिए । अगाडिका टेबुलमा टीका र फूलहरू राखिएको थियो । पाँच जनाको लहरपछि एक ठाउँमा आमन्त्रित व्यक्तिहरूले ल्याएका फूल, माला, खादा र विभिन्न खाले उपहारहरू राखिएको थियो । उपहार र खादालाई एकजना महिलाले तह लगाइरहेकी थिइन् । निकै उपेक्षा र अप...

कथा--न्यास्रो मेटाउने त्यो हरियो बत्ती

  कथा -- न्यास्रो मेटाउने त्यो हरियो बत्ती ( यश कथाको घटना तथा पात्रहरु काल्पनिक हुन् , कसैको वास्तविक जीवन सँग मेल खाएमा संयोग मात्रै हुनेछ । ) रज्जु बिडारी " काली धार्के , धादिङ्ग।। " हेलो , रचना जी । एक्कासि अाएको उस्को म्यासेज ले मेरो अोठमा मुस्कान अनि मनमा खुसी भरीएर अायो । कारण म हरेक दिन उसलाई अन्लाईन छ कि छैन भनेर हेरेर बस्थे तर बोलाउने हिम्मत कहिल्यै भएन । नत उस्ले नै बोलाउछ भन्ने बिस्वास थियो । सायद अ f श चै थियो होला र त उ अन्लाईन छ छैन भनेर हेर्न मन लाग्थ्यो । उस्को र मेरो मित्रता अचम्मको छ । सायद कुनै दिन हामी एक अर्कोलाई प्रेम गर्थ्यौ तर दुबैले प्रस्ताब राखेनौ र उ अरु कसैको भयो । त्यसैले हाम्रो सम्बन्ध न मित्रताबाट तल झर् ‍ यो न त माथि नै गयो । " लौन हजुर यो जि चै नजोडौन , अनि के छ हजुरको हालखबर ?" " ठिकै छ अनि हजुरको नि ?" उसले जबाफ दियो । उ मलाई जिस्काएर चुच्ची भन्थ्यो अनि तिमी भन्थ्यो । यो जि र हज...